बिर्तामोड, असोज १ । विश्वकर्माको पूजाको अवसर पारेर हाम्रो टेम्पो हाउस बिर्तामोड–५ ले बिर्तामोड–५का वडाध्यक्षसहित सात जना टेम्पो चालकलाई सम्मान गरेको छ ।

हाम्रो टेम्पो हाउसले बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईं , टेम्पो चालकहरु वेदप्रकाश पाठक, नारायणप्रसाद न्यौपाने, ओम भारती, प्रकाश लावती, उज्जवल विष्ट, कमलराज गोले र उत्कृष्ट कर्मचारी नाहिद मियालाई सम्मान गरेको हो ।

टेम्पो चालकहरुलाई सवारी नियमको पालना गर्दै यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याएको भन्दै उत्कृष्ट चालकको रुपमा सम्मान गरिएको हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए । उनीहरुलाई बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईं , हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेलगायतले खादा र सम्मानपत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा इलाम र झापाका एकसय भन्दा वढी टेम्पो चालकहरुलाई पोशाक समेत प्रदान गरिएको थियो ।

हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेको अध्यक्षता र बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टेम्पो चालक वेदप्रकाश पाठकले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईं ,बिर्ताज्योति साप्ताहिकका सम्पादक तथा प्रकाशक तुलसीप्रसाद निरौलाले शुभकामना मन्तव्य राख्दै सवारी नियमको पालना गर्दै टेम्पो कुदाउन टेम्पो चालकहरुलाई आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन टेम्पो चालक सुजन भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्