बिर्तामोड,असोज १ । बिशेषतः बालबालिकाहरुमा भएको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने र लोप हुँदै गएको पूर्वीय संस्कार संस्कृतिलाई पछिल्लो पुस्तामा समेत निरन्तरता दिने उद्धेश्यले स्थापित मोरिक साधना कला केन्द्र बिर्तामोड –२ चारपानेले विश्वकर्मा पूजाको दिन झापा नाटकघरमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

साधना कला केन्द्रकी संस्थापक संञ्चालिका सुजना खतिवडाको अध्यक्षता तथा सामुदायिक विद्यार्थी स्वास्थ्य सरोकार केन्द्र झापाका संस्थापक तथा एच.डि. हेयर एण्ड डर्मा सेन्टर बिर्तामोडका स्वास्थ्य प्रमुख मनुराम चिमरियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष तुलसीप्रसाद भट्टराई ,नाट्य समूहका बरिष्ठ उपाध्यक्ष हरि भण्डारी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सहसचिव ओमप्रकाश लुइटेल, झापा नाटकघर निर्माण उपभोक्ता समिति अध्यक्ष भोजकुमार मास्के, साहित्यकार दुर्गाप्रसाद सिग्देललगायतले मोरिक साधना कला केन्द्रले बालप्रतिभा उत्पादनमा पुर्याएको योगदान र खेलेको भूमिकाका बिषयमा प्रशंसा गर्दै शुभकामना दिएका थिए ।

मोरिक साधना कला केन्द्रका विद्यार्थीहरुले गायन,नृत्य ,बाद्यबादन,मोडलिङ,तथा सचेतनामुलक नाटक विभेदको मञ्चन गरेका थिए । कार्यक्रममा अभिभावहरुले छोटो समयमा मोरिकमा भर्ना भएर आफ्ना नानीहरुले संगीत साधनाको क्षेत्रमा प्राप्त गरेको उपलब्धिका बिषयमा आ–आफ्नो धारणासहितको शुभकामना मन्तब्य राखेका थिए । नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधब कल्पितले सञ्चालन गरेको कार्यक्रमा साधना कला केन्द्रकी विद्यार्थी सम्बृद्धि खड्काले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रममा गुरु तथा गुरुआमाहरु समीक्षा खतिवडा ,मणि बर्देवा र गीता थापाले आ–आफ्ना बिधाका प्रस्तुती र कलाकारहरुको बारेमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्