बिर्तामोड, असोज ३ । कनकाई बिर्ता अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईले ११ लाख रुपैयाँ लगानी गरेकी छिन् ।

संस्थापक सदस्यको रुपमा उनका श्रीमान ज्ञानुराम प्रसाईको नाममा १० लाख र उनको आफ्नो नामबाट १ लाख रुपैयाँ लगानी गरिएको हो । मेयर प्रसाईले आफ्नो शेयर फिर्ता गरिदिन निवेदन दिएकी छिन् । तर, अहिलेसम्म फिर्ता भएको छैन । जम्मा ६३७ जना संस्थापक शेयरधनी रहेको सो कम्पनीमा अध्यक्ष मिनाल तिम्सिनाको सबैभन्दा धेरै शेयर रहेको छ । कन्काई ३ का तिम्सिनाले १ करोड १९ लाख ८० हजार ५०० रुपैयाँ लगानी गरेका छन् । त्यसपछि कम्पनीका प्रवन्ध निर्देशक दीपक चापागाईले ६९ लाख ८० हजार ५०० रुपैयाँ लगानी गरेका छन् । सो कम्पनीमा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले १० लाख , बिर्तामोड २ का मदनगोपाल सुब्बाले १० लाख , कन्काई ७ का कुमारमणि पोखरेलले १० लाख लगानी गरेको देखिन्छ । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीजस्ता जनप्रतिनिधिले पनि लगानी गरेका छन् । सोही कम्पनीमा बिर्तामोड नगरपालिकाले २ करोड ५४ लाख रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । जसको गठबन्धन दलहरुले विरोध गरेका छन् । शेयरधनी र उनीहरुको शेयर रकमको सम्पूर्ण विवरण यस प्रकार छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्