झापा , असोज ३ । पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका- ३ निवासी देवान टुडुका १४ वर्षीय छोरा विजय टुडु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कामाटोली बजारबाट आईतबार बिहान देखी हराएका बालक विजय सोमबार बिहान ७ः४० बजे झापा -३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा मृत फेला परेको हो । मृतक बालक विजय बोल्न नसक्ने र सुस्तमनस्थितीका रहेका थिए । प्रहरीले उनको शवको कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्