झापा,असोज ३ । नेकपा एमालेले बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूचीमा झापाका दशजना परेका छन् ।
संघीय निर्वाचनतर्फ के. आर. खम्बू , हर्कमाया विक , भीम खवास , निर्मला शिवाकोटी पाठक , निरु पुलामी मगर र अमृतलाल राजवंशी समानुपातिकको सूचीमा परेका हुन् ।
त्यस्तै प्रदेश निर्वाचनतर्फ नम्बरलाल धिमाल , तारा ढकाल , कमला थापा मगर र विद्यानन्द राजवंशी समानुपातिकको सूचीमा परेको जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीले जानकारी दिए । एमालेले समानुपातिक उम्मेदवारको सूची आज निर्वाचन आयोगमा बुझाएको छ । एमालेको केन्द्रीय पदाधिकारी तथा समानुपातिक सूचीबाट यसअघि सांसद भइसकेका नेताबाहेकका नेताहरूलाई समानुपातिक उम्मेदवार बनाएको छ ।




