झापा, असोज ३ । तीस ग्राम ब्राउनसुगरसहित दमकका एक व्यक्ति पक्राउ परेका छन् ।

सोमवार दिउँसो १.३० बजे मेचीनगर ६ स्थित मेचीपुल छेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दमक १ सुनौलो टोल बस्ने २१ वर्षिय मनोज कुमाललाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनको साथबाट ३० ग्राम ब्राउनसुगर फेला परेपछि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



