झापा, असोज ३ । आठौं संविधान दिवसको अवसरमा मेची आधारभूत विद्यालय मेचीनगर ५ नकलबन्दामा एकदिने बृहत् निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

युवा सन्जाल मेचीनगरको आयोजना , साई सुमिरन मेडिकल हल इटाभट्टा र रजक आँखा उपचार केन्द्र धुलाबारीको प्राविधिक सहयोग तथा गंगा मेमोरियल इङ्लिश स्कुल नकलबन्दाको प्रायोजन रहेको कार्यक्रमको सहयोगी संस्था नकलबन्दा समाज विकास समिति र मेची आधारभूत विद्यालय रहेका थिए ।


युवा सन्जाल मेचीनगरका अध्यक्ष सौरभ बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा राजनीतिकर्मी गोपाल तामाङ, विशेष अतिथि मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की, युवा सन्जाल मेचीनगरका सल्लाहकार तथा पूर्व वडा सदस्य नारायण खड्का,सशस्त्र प्रहरी बल नकलबन्दा प्रमुख,नकलबन्दा प्रहरी चौकीका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए । युवा सन्जालले मेचीनगरको १५ वटै वडामा निशुल्क स्वास्थ्य शिविर गर्ने लक्ष्य लिएको अध्यक्ष बस्नेतले बताए । उनले संबिधान दिवसको अवसर पारेर मेचीनगर ५ बाट यो अभियानको सुरुवात गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्