झापा,असोज ४ । झापा कचनकवलका एक युवक तीन हप्तादेखि मलेसियामा बेपत्ता भएका छन् ।

कचनकवल वडा नम्बर ७ बालुबारी (तत्कालीन बालुबारी गाउँ विकास समिति वडा नम्बर ९) का वीरबहादुर थेबेका छोरा सहमान थेबे गत सेप्टेम्बर १ तारिख (भदौ १६ गते) देखि मलेसियामा बेपत्ता भएका हुन् ।

५ बर्षअघि मलेसिया गएका थेबे सेप्टेम्बर १ मा आफ्नो तलब लिएर बेलुकी साढे ९ बजे कोठाबाट निस्किएका थिए । त्यसपछि तीन हप्तासम्म उनी सम्पर्कमा आएका छैनन् । सहमानका बारेमा मलेसियास्थित नेपाली राजदूतावास र त्यहाँको प्रहरीमा जानकारी गराईएको मलेसियामै रहेका झापा बालुबारीकै दिनेश अधिकारीले जानकारी दिए । तर,प्रहरीले अहिलेसम्म फेला पार्न नसकेको उनले बताए । सम्पर्कबिहीन हुँदा घरपरिवार र आफन्त चिन्तित बनेका छन् ।

उनलाई खोजी गरिदिन आफन्तले आग्रह गरेका छन् । उनी फेला परेमा नेपालमा ९८१६०९६३९६ र मलेसियामा ०११६११७३९५२२ मा सम्पर्क गरिदिन समेत परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्