झापा , असोज ४ । मोरङको धनपालथान गाउँपालिका-७ स्थित सडक खण्डमा मोटरसाईकलको ठक्करबाट स्थानिय बृद्धा महिलाको मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे प्रदेश १-०४-००१प ८८९४ नम्वरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीया कलावती मण्डललाई ठक्कर दिंदा घाईते भएकि मण्डलको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक धनपालथान-७ का बिकाश यादवलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्