झापा , असोज ४ । सुनसरीको इटहरीबाट प्रहरीले चोरीको समानसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी- २० का आशिष् चौधरी र किरण क्षेत्री रहेका छन् । इटहरी- २० स्थितमा रहेको किरण क्षेत्रीले सञ्चालन गरेको कवाडी पसलमा चोरी गरेको सामाग्री बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वायरिङका तार ८ प्याकेट चोरी गरी बेचिरहेको अवस्थामा पक्राउ गरेको हो । चौधरी पक्राउ परेसँगै सोधपुछको क्रममा पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिक्री गरेको भनी चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्री गरेका विभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो । चोरीको सामान बरामद भएसँगै चौधरी र क्षेत्रीलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्