झापा , असोज ४ । विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएका अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करण ‘अनलाइन ट्यालेन्ट शो २०२३’ घोषणा भएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच शो घोषणा भएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । आयोजक हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो आयोजना गर्न लगेको बताए । नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने बताइएको शोको पहिलो संस्करण नेपाल र नेपाली भाषा, कला, साहित्यप्रति आफ्नोपन जगाउँछ भन्ने उद्देश्यसहित आयोजना थालिएको हो । कार्यक्रममा सहभागी उत्कृष्ट पाँचलाई आयोजकले अमेरिका जान पाउनेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजाल लगायतको उपस्थिती रहेको कार्यक्रम एसोसिएसन अमेरिका र डुक इन्टरनेसनल सितारिओ कराँते अफ अमेरिकाको सहकार्यमा हुने प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ । कार्यक्रमको संचालक दिनेश डिसी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्