झापा, असोज ४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा १० सैनिक चोकमा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । कारमा सवार चार जना सख्त घाइते छन् ।

झापाको दूधे–माइधर सडकखण्डमा बा १४ च ९१०८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कार चालक सप्तरीका ४४ वर्षीय बलराम चौधरी र सुनसरीकी ३० वर्षीया गीता चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मोरङ सुन्दरहरैचा ६ की रीता चौधरी, इटहरी ८ का २७ वर्षीय तेजन चौधरी, धरान १५ कै ३३ वर्षीय राजेश चौधरी र धरान १५ का ३६ वर्षीय विभिषण दास गम्भीर घाइते छन् । उनीहरुको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्