कुमरखोद, असोज ५। इलाका प्रहरी कार्यालय कुमरखोदले विजयादशमी , शुभदीपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

ईलाका प्रहरी कार्यालय कुमरखोदले नजिकिँदै गएको विजयादशमी , शुभदीपावली तथा छैठ पर्वलाई मध्यनजर गरी शान्तिसुरक्षाका बारेमा अन्तरक्रियासमेत गरेको थियो । पर्वको समयमा कुनै अप्रिय घट्ना नहोेस् भन्ने उद्धेश्यले स्थानीय वुद्धिजीवि , जनप्रतिनिधि , व्यापारी र विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलफल गरिएको थियो ।

छलफलका सहभागीहरुले भारतीय एसएसवीले दिघलबैंकको नाकामा दुई पांग्रे सवारीसाधनलाई समेत आवतजावतमा रोक लगाएकोले उक्त नाकालाई सहज बनाइदिनका लागि प्रहरीलाई अनुरोध गरेका थिए । चाडपर्वको समयमा चोरीचकारी बढ्ने प्रवल सम्भावना भएकोले जनताको सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी टाघनडुब्बा विओपीसँग समन्वय गरेर गस्ती टोली परिचालन गर्ने प्रहरी नायव निरीक्षक रत्नबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्