झापा, असोज ७ । घरको बरन्डामा रोपेको करेला टिप्ने क्रममा लडेर बिर्तामोडमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ५ निवासी ६२ बर्षीया मधु शर्मा आचार्य रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार घरको चार तलामाथि बरन्डामा रोपिएको करेला टिप्न खोज्दा लडेर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लैजाने क्रममा बाटै मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्