झापा , असोज ७ । ताप्लेजुङमा दुईवटा मतदान स्थल थप भएको छ ।

जिल्लामा थप भएको दुईसमेत अब आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७५ वटा मतदान स्थल कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयतका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका-९ हाङ्देवाको शिव आधारभूत बिद्यालय र मिक्वाखोला गाउँपालिका-५ पापुङको सिम्बुक आधारभूत विद्यालयमा मतदानस्थल थप भएको छ । यस्तै ताप्लेजुङमा मतदान केन्द्र पनि एकसय २३ वटा कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए ।

मतदाता ८८ हजार २८५ कायम
यसैबीच आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको मतदाता सङ्ख्या ८८ हजार २८५ कायम भएको छ । गत स्थानीय तहको निर्वाचनमा यहाँको मतदाता सङ्ख्या ८९ हजार ६८० रहेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलालका अनुसार आगामी निर्वाचनका लागि ४७ हजार ८० पुरुष र ४१ हजार २०५ जना महिला मतदाता कायम भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्