कनकाई ,असोज ७ । नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेबेले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत झापाका १५ वटैै पालिकाका धेरै विद्यालयहरुलाई बजेट ब्यवस्थापन गर्न पहल गरेको बताएका छन् ।

कनकाई नगरपालिकामा आयोजित महिला संघको गठन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थेबेले कन्काई नगरपालिकाका पाँचवटा विद्यालयलाई बजेट विनियोजन गर्न पहल गरेको जानकारी दिए । उनका अनुसार भृकुटी मावि कन्काई ७ मा चारकोठे भवन निर्माणको लागि ४५ लाख , जनचेतना आधारभूत विद्यालय कनपा ३ को २ कोठे भवनको लागि २२ लाख ५० हजार , जानकी आधारभूत विद्यालय कनकाई– २ को ४ कोठे भवनका लागि ४५ लाख , सरस्वती मावि कनकाई– ४ का लागि ६ लाख ५० हजार , पशुपति प्रावि कनकाई–१ को लागि ६ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएको जानकारी दिए ।

कार्यक्रममा महिला संघको कन्काई नगर कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको सभापतिमा रेणुका मैनाली, उपसभापति कविता श्रेष्ठ र सीता खड्का , सचिवमा संगीता भुजेल सहसचिव सोनामणि हेमरम , रचना प्रसाईं र कोषाध्यक्षमा सरला तामाङ रहेको १८ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

नवगठित समितिलाई बधाइ दिँदै जिल्ला सभापति थेबेले हरेक कार्यको नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति भएमा मात्र हरेक कार्य सफल हुने विचार ब्यक्त गर्दै मंगलादेबी सिंहलाई सधै सम्झनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस कनकाई नगर समितिका सभापति दुर्गा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरु कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, कबिता बस्नेत , सीता थेबे , लिला चिमरिया , याम भुजेल ,रोहित खवास, मनोज बस्नेत , लक्ष्मण ज्वयल श्रेष्ठ , इश्वरी शिवाकोटी , भीम राजवंशीलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य रेणुका मैनालीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्