बिर्तामोड, असोज ९ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभाबाट यामकुमार चुडाल चौथो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

निर्विरोध चयन भएको कार्यसमितिको अध्यक्षमा चुडालसहित उपाध्यक्षमा दिनेशकुमार सुबेदी, सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा शिवकुमार कटुवाल चयन भएका छन् । समितिको सदस्यमा शिवबहादुर दाहाल, मोहनप्रसाद भट्टराई, सीतादेबी कार्की, अनिता गौतम र तारा कार्की चयन भएका छन् ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा कमला शिवाकोटी, सदस्यमा धनपति मैनाली र मिलन कोइराला चयन भएको संस्थाका ब्यवस्थापक कृष्णप्रसाद खरेलले जानकारी दिए । निर्वाचित कार्यसमिति तथा लेखा समितिलाई निर्वाचन अधिकृत डिल्ली दाहालले सपथ ग्रहण गराएका छन् ।

संस्थाका अध्यक्ष चुडालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷०७९ सम्ममा २ करोड ९४ लाख २२ हजार ५०० रुपैयाँ शेयरपुँजी, बचत २३ करोड १६ लाख २४ हजार ३१२ रुपैयाँ , ऋण लगानी २९ करोड ५६ लाख ३६ हजार ७६० रुपैयाँ , कोष २ करोड ५८ लाख ३७ हजार ६९७ रुपैयाँ , लगानी १ करोड १३ लाख ५० हजार रुपैयाँ छ ।
सोही कार्यक्रमकाबीच मिर्गौला रोगी संस्थाका शेयर सदस्य जेलेल मियालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो ।

संस्थाका अध्यक्ष चुडालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, झापा जिल्ला सहकारी संघका लेखा सुपरीवेक्षण समिति संयोजक चुडामणि ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेघराज बाँस्तोलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्