बिर्तामोड, असोज ९ । बिर्तामोड ३ भगवान चोकस्थित युरो किड्सले विद्यार्थीहरुलाई फेन्सी ड्रेस कम्पिटिसन गराएको छ ।

प्रत्येक वर्ष त्यस किसिमको प्रतियोगिता गराउँदै आएको युरो किड्सले यस वर्ष एनिमल थिमेटिक प्रतियोगिता गराएको हो । प्रतियोगितामा युरो नर्सरी, युरो जुनियर र युरो सिनियर कक्षाका ३८ जना विद्यार्थीहरुले भाग लिएका थिए । विभिन्न जनावरको जस्तो लुगा लगाएर जनावरको जस्तो हाउभाउ गर्ने र बोली निकाल्ने प्रतियोगितामा युरो नर्सरी , युरो जुनियर र युरो सिनियर कक्षाका ३८ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकमा अभिभावकहरुलाई नै राखिएको प्रिन्सिपल पूजा उपाध्यायले बताइन् । उनले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको जानकारी दिइन् ।

युरोपेली प्रविधिबाट पठनपाठन गराउन मुम्बईमा रहेको युरोकिस्ट इन्टरनेशनलअन्तर्गत १२ सयवटा शाखा रहेका छन् । पूर्वी नेपालमा विराटनगर र बिर्तामोडमा गरी दुईवटा मात्र शाखा रहेको प्रिन्सिपल उपाध्यायले बताइन् ।

ब्रान्डेड स्कूलको रुपमा स्थापित युरो किड्सप्रति अभिभावकहरुको आकर्षण बढ्दो छ । २०७६ सालको सरस्वती पूजाको दिन स्थापित युरो किड्समा हाल ४८ जना विद्यार्थी छन् । विद्यार्थीहरुको मानसिक र शारीरिक विकास गरी उनीहरुको आत्मबिश्वास बृद्धि गर्न विद्यालयले विभिन्न गतिविधिहरु गर्ने गरेको प्रिन्सिपल उपाध्यायले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्