झापा , असोज ११ । घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/09/adalat-1024x441.jpg)
सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै दशैं विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने बताएको हो । घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिबार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालतले जनाएको छ । यद्यपि दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट मात्रै हेरिने छ । बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी तोकिएको छ । न्यायाधीशहरूले दिन अनुसार पालैपालो बन्दी प्रत्यक्षीकरणको रिट हेर्नेछन् ।