झापा , असोज ११ । मंगलबार हुन लागेको नेपाल र बंगलादेशबीच मैत्रीपूणर् खेल प्रत्यक्ष प्रशारण हुने भएको छ ।

दशरथ रंगशालामा हुने खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीसहित नेपाली स्पोर्टस च्यानल र डिस होमले गर्ने तय भएको एडी रिलिजले जनाएको छ । खेल मंगलबार बेलुकी ५ः३० बजे दशरथ रंगशालामा हुनेछ । बंगलादेशविरुद्ध ‘हेड टु हेड’मा नेपाल निकै कमजोर सावित भएको छ । नेपालले बंगलादेशविरुद्ध अहिलेसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जित्दा नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएका छन् । सन् १९८३ मा नेपालले बंगलादेशविरुद्ध पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १-० गोल अन्तरको हार भोगेको थियो ।

नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गएको वर्ष असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेको थियो । करिब एक वर्षपछि नेपालले बंगलादेशसँग फेरि खेल्न लागेको हो । नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो । त्यो थियो, थ्री नेसन्स कप । २०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २- १ ले हराएर थ्री नेसन्सको उपाधि जितेको हो । फिफा वरियतामा नेपाल १७६ औं स्थानमा रहेको छ भने बंङ्गलादेश १९२ औं स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्