झापा , असोज ११ । कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ ।

विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ । २० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना जारी गरेर जानकारी दिएको छ । विजयादशमीको अवसरमा कतारमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । कतारमा रहेको विभिन्न संघ संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्