झापा, असोज १२ । ४३ औ विश्व पर्यटन दिवस झापाको बिर्तामोडमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

“पर्यटनलाई पुनः विचार गरौं ” भन्ने नारा लिई पर्यटन दिवस मनाइएको हो । आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना ,निदी क्याम्पस ,सुरुवाती कोठा नेपाल,प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ,ट्रेक ८५८६ को सहकार्यमा बिर्तामोडमा प्रभातफेरि निकालिएको थियो ।

त्यस्तै पाउ पाथीभरा मन्दिर परिसर ,सहिद उद्यान पार्क ,सालबारी सिमसार परिसरमा सरसफाइ गरिएको आदर्श स्कुल अफ म्यानेजमेन्टका दीपक दासले जानकारी दिए । सुरुवाती कोठा नेपाल र आदर्श स्कुल अफ म्यानेजमेन्टले झापामा बर्सेनि पर्यटन दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्