झापा , असोज १२ । झापाको बिर्तामोड-५ पाथिभरा टोलबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीनजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा इलाम माई नगरपालिका २ बस्ने २२ वर्षीय केबिन्द्र गोले, सोही स्थानका २७ वर्षीय गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका-५ बस्ने ३२ वर्षीय सन्त लिम्बू रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्