झापा, असोज १२ । ट्याक्टरले किचेर खोटाङमा एकजनाको मृत्यु भएको छ ।
मंगलबार राति दिक्तेलबाट खार्मी गइरहेको प्रदेश १ २०-००३ त १४९२ नम्बरको ट्याक्टरले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ का ५३ वर्षीय टेकबहादुर राईको मृत्यु भएको हो । दिक्तेलबाट आफ्नै पसलको सामान लिएर जाने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा ट्याक्टरबाट खसेपछि त्यही ठाउँमा चक्काले किचेको प्रहरीले जनाएको छ ।
सडक भत्किएको ठाउँमा उक्त घटना भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामवालक रायले बताए । उदयपुर चौदण्डीगढी नगरपालिका-४ घर भएका ट्याक्टर चालक २५ वर्षीय प्रभात राईलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । मृतकका आफन्त आएपछि पोस्टमार्टम गरिने प्रहरी निरीक्षक रामवालक रायले सुनाए ।