बिर्तामोड , भदौ १३ । नेपालको राजनीतिमा नयाँ प्रवेश भइरहेकाले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं २ बाट नयाँ अनुहार छत्रबहादुर गिरी अधिकांश मतदाता र कार्यकर्ताको रोजाइमा परेका छन् ।

अहिलेको परिवेशमा जनताको चाहना बमोजिम उनलाई टिकट दिनुपर्नेमा झापा क्षेत्र नं २ का कांग्रेस कार्यकर्ताहरुले आफ्नो विचार व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचनदेखि नैै मतदाताले नयाँ अनुहार खोजीे गरिरहेका छन् । नयाँ सोच र भिजनका साथ झापा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेका समाजसेवी गिरीलाई प्राथमिकता दिनुपर्ने विभिन्न व्यक्तित्वहरुले आफ्ना धारणा राखेका हुन् ।

झापा क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि गिरीले उम्मेदवारी दिने आकांक्षा व्यक्त गरिरहँदा सोही पदमा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी , अर्का केन्द्रीय सदस्य सरिता प्रसाई , पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, महाधिवेशन प्रतिनिधि जलकुमार गुरुङ र विद्यार्थी नेता नवीनराज प्रसाईको नाम पनि सिफारिस भएको छ । समाजसेवी गिरी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । नेपाली कांग्रेसको प्रवर्द्धन तथा लगानी बोर्डको सदस्य रहेका गिरी नेपाल परिवार नियोजन संघको पूर्व केन्द्रीय सभापतिसमेत हुन् । उम्मेदवारका प्रवल दावेदार गिरीका बारेमा विभिन्न व्यक्तित्वहरुले राखेको धारणा जस्ताको त्यस्तै –

निडर र हक्की स्वभावको भएकाले कसैको सहारा चाहिदैन– राजेन्द्र थापा (व्यवसायी तथा कांग्रेसका सक्रिय सदस्य)
छत्रबहादुर गिरी एकजना पुराना व्यवसायी हुन् । गिरीबन्धु टी इस्टेटका संचालक उनले आफ्नो बुवाको नामबाट शम्सेर टी इस्टेट खोलेका थिए । नेपाल परिवार नियोजन संघको अभिभावक भएर निर्वाह गरेको भूमिकाबाट उनको दक्षता र कार्यकुशलता मूल्यांकन गर्न सकिन्छ । देशमा कलर ल्याब खोल्ने शुरुवाती समयमा उनले नै झापाका कलर ल्याब दर्ता गरी पछि हिकोलालाई बिक्री गरेका थिए । उनी मात्र हैन, उनको परिवारको सामाजिक क्षेत्रमा ठूलो योगदान रहेको छ । विभिन्न विद्यालयहरुलाई जग्गा दान दिनुका साथै भवन निर्माण , पुल निर्माणजस्ता कार्य गरेर सहयोग पुर्याएका छन् । राजनीतिक , सामाजिक र व्यवसायिक क्षेत्रमा पहुँच भएकाले यस क्षेत्रको विकास निर्माणमा उनको महत्वपूर्ण भूमिका रहन सक्छ । निडर , हक्की , स्पष्ट वक्ता भएकाले उनलाई कसैको सहारा चाहिदैन । कुमार भट्टराईको पालादेखि बिर्तामोड उद्योग बाणिज्य संघको चुनावमा उनको भूमिका अहम् रहेको थियो । समाजमा भिजेको र समाजलाई दिएको योगदानलाई मूल्यांकन गर्दा छत्रबहादुर गिरी मेरो रोजाईमा पर्छन् । पुराना व्यक्तित्वहरुलाई आराम गर्न दिएर छत्रबहादुर गिरीजस्ता नयाँ अनुहारको खोजी सुधिरकुमार शिवाकोेटी स्वयंले गरिरहेको मैले अनुभूति गरेको छु । झापा क्षेत्र नं २ मा टिकट पाए भने उनी राम्ररी विजयी बन्नेमा हामी विश्वस्त छौं ।

वित्तीय क्षेत्र सुधार्न महत्वपूर्ण भूमिका हुनसक्छ– कुमार भट्टराई ( कांग्रेसका प्रदेश प्रतिनिधि तथा पूर्व अध्यक्ष बिर्तामोड उद्योग वाणिज्य संघ)
झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि छत्रबहादुर गिरीलाई दर्विलो उम्मेदवारको रपमा लिएको छु । टिकट पाउँदा उनले सजिलै जित्छन् । देशको वित्तीय क्षेत्र सुधार्न उनको महत्वपूर्ण भूमिका रहने देखिन्छ । उनी व्यापारीको समस्या र भावना बुझ्छन् । देशको औद्योगिकरणमा उनको आफ्नो भिजन रहेको मैले पाएको छु ।

नयाँ व्यक्तिलाई प्राथमिकता दिऔं –सुरेश वंशल( व्यवसायी तथा क्रियाशील सदस्य)
राजनीतिमा नयाँ अनुहार चाहिएको छ । आफ्नो व्यवसायिक क्षेत्रमा जसरी प्रगति गरेका छन् , त्यसरी नै राजनीतिमा प्रगति गर्ने विश्वास लिएको छु । नेपाल परिवार नियोजन संघ , नेपाल चिया तथा कफी विकास बोर्डमा सम्हालेको जिम्मेवारी बहनबाट हामीले उनीमाथि भरोसा गर्न सक्छौं । देशमा भ्रष्टाचार बढिरहेका बेला उनीजस्ता भ्रष्टरहित व्यक्तित्वको खाँचो महसुस गरेका छौं ।

टिकट दिएर जितायौं भने सबैको कल्याण हुन्छ–प्रकाश शिवाकोटी( अध्यक्ष बिर्तामोड उद्योग वाणिज्य संघ)
उद्योगी व्यवसायीको नेतृत्व गर्नसक्ने क्षमता हामीले पाएका छौं । उनी र उनको परिवारको ठूलो सामाजिक देन रहेको छ । उनले गरिव , दुखी ,निमुखालाई सहयोग र सद्भाव देखाएका छन् । देशमा परिवर्तन चाहिएको छ । औद्योगिकरण र आर्थिक परिवर्तनका लागि उनीजस्तोे व्यक्तित्वको अपरिहार्यता देखिएको छ । टिकट दिएर छत्रबहादुर गिरीलाई जितायौं भने हामी सबैको कल्याण हुनेछ ।

टिकटको हक स्वाभाविक हो –भोजराज सिटौला(नगर सभापति)
छत्रबहादुर गिरी सामाजिक व्यक्तित्व हुन् । उनले समाजको लागि दिएको योगदानको कदर गरिनुपर्छ । महाधिवेशन प्रतिनिधि भएको हैसियतले उनले टिकटको लागि हक खोज्नु स्वाभाविक मान्नु पर्छ । समाज परिवर्तनका लागि केही गर्ने दृढता मैले उनीमा देखेको छु ।

उम्मेदवार हुन योग्य छन् –सूर्यप्रसाद कन्दङ्वा(नगर उपसभापति)
एउटै वडा बिर्तामोड ६ मा हाम्रो बसोबास छ । साइनोले म काका भन्छु । पार्टी र समाजमा दिएको योगदानलाई हामीले बिर्सनु हुँदैन । पार्टीको जिम्मेवार महाधिवेशन प्रतिनिधि भएकाले टिकटको लागि म योग्य नै ठान्छु ।

आशलाग्दो र भरपर्दो उम्मेदवार गिरी–केशव श्रेष्ठ(क्षेत्र नं २ ‘क’सहसचिव)
आम कार्यकर्ता र बिर्तामोडबासीहरुको चाहना छत्रबहादुर गिरीप्रति नै हो । कार्यकर्ताहरुलाई गुटको राजनीति चाहिँदैन । उनी कुनै पनि गुटको राजनीति गर्दैनन् । त्यही भएर आशलाग्दो र भरपर्दो उम्मेदवारको रुपमा मैले लिएको छु । गिरीको जितले हामी सबैको जित हुनेछ ।

कांग्रेसले जित्नु पर्छ –बलराम कार्की(पूर्व अध्यक्ष बिर्तामोड उद्योग वाणिज्य संघ)
यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले सबैलाई समेटेर साझा उम्मेदवार खडा गर्नुपर्छ । आफू निश्पक्ष भएकाले सँधै योग्य र काम गर्न सक्ने व्यक्तिको पक्षमा मेरो मत रहनेछ । फलानोले जित्यो भन्दा पनि नेपाली कांग्रेसले झापा क्षेत्र नं २ मा जसरी पनि जित्नु पर्छ र जिताउनु पर्छ ।

१ प्रतिक्रिया

  1. Good Evening Chatra Sir !
    Thanks for sharing the views of different important personalities of Jhapa .
    You truly deserve to be the best candidate for the post. I am quite confident for your selection from Jhapa-2.
    You & only you can win if you will get the ticket from the Party .
    Wish you all the best.
    My sincere support will be for you.

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्