बिर्तामोड, असोज १२ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारणसभामा एकजना पत्रकारसहित दर्जनौलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाले बुधवार बिर्तामोडमा साधारणसभा आयोजना गरी पत्रकार रेजिना गौतमसहित संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी, संस्था स्थापनाकालदेखि सहयोग गर्नेलगायतलाई सम्मान गरेको हो । उनीहरुलाई नगदसहित सम्मानपत्रले कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले सम्मान गरेकी हुन् । उत्कृष्ट बचतकर्ताको रुपमा हनुमानदास अग्रवाल, बुद्धकुमारी चौहान, खिलानाथ गुरागाई र हिमा खतिवडा, उत्कृष्ट ऋणीको रुपमा रत्नबहादुर माझी, सिपिल राजवंशी, जानकी मुखिया र ज्वाला इम्बुङ, संस्थाको स्थापना कालदेखि सहयोग गर्ने कल्पना बस्नेत, गुरुप्रसाद मैनाली, सावित्राकुमारी लिम्बू, सरस्वती थापा बस्नेत, तारादेवी शर्मालाई नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा चन्द्रकला चुडाल सिटौला, रामनाथ पोखरेल, सुष्मा थापा र सुदीप बस्नेत पुरस्कृत भएका छन् । एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये शिक्षातर्फ मोनालिसा दर्जी, रोनक तोसिवाल ,व्याचलरमा उत्कृष्ट उत्तम बस्नेत,अनिता बुढाथोकी र खुत्रुके बचतकर्ताको रुपमा मान्यता श्रेष्ठ, आयुस अधिकारी र स्वतिका गड्तौलालाई नगदसहित सम्मान गरिएको हो ।

संस्थाकी अध्यक्ष देबी निरौला बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा बिर्तामोड नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष रामलोचन न्यौपानेले गरेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, नयाँ उज्यालो सहकारी संस्थाकी अध्यक्ष सुष्मा पौडेललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए ।

संस्थाकी अध्यक्ष बस्नेतद्वारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷०७९ सम्ममा शेयरपुँजी ६ करोड ८९ लाख ६० हजार १०० रुपैयाँ रहेको छ भने शेयर सदस्य संख्या ४ हजार १४ जना रहेका छन् । त्यस्तै बचत निक्षेप २३ करोड १ लाख ३९ हजार ८८४, कोषको अवस्था ८८ लाख १७ हजार १५० रुपैयाँ , कर्जा स्थिति २८ करोड १८ लाख ७१ हजार ९०५, कारोवारको अवस्था ३२ करोड ८६ लाख ३७ हजार ७२४ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा ५३ लाख १० हजार ३ रुपैयाँ नाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्