बिर्तामोड , असोज १३ । कोचिला एकता जागरण केन्द्रीय समितिले प्रथम स्थापना दिवस बिर्तामोडमा मनाएको छ ।

बिर्तामोडस्थित सनातन धर्म सेवा समितिको भवनमा कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । समितिका केन्द्रीय अध्यक्ष हंशनारायण राजवंशीको सभापतित्व तथा समितिका सल्लाहकार संयोजक तुलाराम राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजेश राजवंशी, पुकारचन्द्र राजवंशी, भरत राजवंशी, शर्मिला राजवंशी, धनसरी राजवंशीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा कोचिला एकता जागरण केन्द्रीय समितिका गौरीगञ्ज उपसमिति अध्यक्ष रेखा राजवंशी, बाह्रदशी उपसमिति अध्यक्ष प्रमिला राजवंशी, बिर्तामोड उपसमिति अध्यक्ष पुर्णिमा राजवंशी र कचनकवल उपसमिति सचिव हृदय राजवंशीको आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहसचिव अजयप्रसाद राजवंशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य समितिका उपाध्यक्ष जमुना राजवंशीले राखेको कार्यक्रमको संचालन केन्द्रीय सचिव बिशाल राजवंशीले गरेका थिए ।
स्थापना दिवसका अवसरमा समितिले बिर्तामोड ४ मा रहेको बृद्धाश्रमलाई लत्ताकपडासहित २१ सय नगद हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्