झापा , असोज १४ । नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निणर्य भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्