पथरी, असोज १४ । पथरीशनिश्चरे नगरपालिकाकी निवर्तमान उप–प्रमुख यमुना बिष्ट बाँस्तोलाले नेकपा एमाले परित्याग गरेको जनाएकी छिन् ।

आज फेसबुक पेजमार्फत् पार्टी परित्याग गरेको पूर्व उप– प्रमुख बाँस्तोलाले जनाएकी हुन्।
उनले पार्टी परित्याग गर्नुको कारण सोही नगरवासी नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बास्कोटा दोषी रहेको जनाइएको छ। एमाले नेता ऋषिकेश पोखरेललाई संबोधन गर्दै उनले अगाडि लेखेकी छन्–‘अब धेरै भयो मेरो इमान निष्ठा सबै भन्दा ठूलो हो ।आजबाट नै पार्टीबाट सदाका लागि विदा हुने निर्णय गरें’। उनी एमाले निकट अनेमसंघ मोरङ जिल्ला सदस्य रहेकी थिइन् ।
उनी गएको निर्वाचनपछि पार्टी र सामाजिक काम सहभागिता जनाएको कुरा विभिन्न सामाजिक संजालमा भाइरल बनेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको अघिल्लो ५ बर्षे कार्यकालमा न्यायिक समितिमार्फत २२ सय न्याय सम्पादन गर्दै नगरलाई जिल्ला हँुदै १ नम्बर प्रदेशमै उत्कृष्ट बनाउन सफल भएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्