बिर्तामोड, असोज १४ । खबरदारीका लागि स्थापना भएको युवा नागरिक समाज झापाले शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडस्थित दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रमका सहभागीहरुले अब राजनीतिमा युवा आउनुपर्ने र युवा राजनीतिमा नआउने हो भने समाज परिवर्तन नहुने धारणा राखेका थिए ।

समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक जयनारायण ढुंगाना , सल्लाहकार सदस्य डा. लक्ष्मीप्रसाद मैनाली , बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि,बिशेष अतिथिसहित नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरिया , वीरता जेसीजका अध्यक्ष प्रवीण खड्काले पनि शुभकामना मन्तव्य राखेको संस्थाका सहसचिव पुष्प पाठकले जानकारी दिए । भक्त विश्वासले गीतसंगीत प्रस्तुत गरेको कार्यक्रमको संचालन सचिव निराजन ओलीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्