झापा, असोज १६ । झापाको कमल गाउँपालिकामा एक युवकले खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या गरेका छन् ।

गएराति १०.३० बजे कमल गाउँपालिका २ मिलन चौक सिमलडाँगी बस्ने धनबहादुर माझीका छोरा २० वर्षिय चन्द्र माझीले आफ्नै आमा ५० वर्षिया चन्द्रकला माझी र काका अन्दाजी ५० वर्षिय सन्तबहादुर माझीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दुबैजनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने चन्द्र माझीलाई खुकुरीसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्