झापा, असोज १७ । इलाममा स्कोरपियो र मोटरसाईकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

हिजो इलाम नगरपालिका–५ बिब्ल्याटेस्थित मेची राजमार्गमा ताप्लेजुङबाट काठमाण्डौं आउँदै गरेको प्र ३ बा ०८८५ नं.को स्कोरपियो र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०१–०१४ प १०६० नं.को मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाईकल चालक इलाम नगरपालिका–४ बस्ने २३ वर्षिय बिशाल राई घाइते भएका थिए ।घाइतेलाई जिल्ला अस्पताल इलाममा उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याउन लागिएकोमा उनको बाटोमा नै मृत्यु भएको हो ।

गाडी तथा चालक नुवाकोट कपने गाउँपालिका ७ बस्ने २४ वर्षिय छिरिङ तामाङ प्रहरीको नियन्त्रणमा र लाश पोस्टमार्टमको लागि हाल जिल्ला अस्पताल इलाममा रहेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्