झापा, असोज १८ । वर्षा झरी पर्वाह नगरी भक्तजनहरुको बिहानैदेखि गरामनीको ऐतिहासिक दुर्गा मन्दिरमा भीड लागेको छ ।

महानवमी पर्वका अवसरमा गरामनीको धार्मिक , ऐतिहासिक एवं पुरातात्विक दुर्गा मन्दिरमा रातिदेखि नै भक्तजनहरुको भीड लागेको हो । राति १ बजेदेखि सयौं भक्तजनहरुको भीड लागेको मन्दिरका पुजारी मोहन घिमिरेले बताए । पानी परिरहेपनि भक्तालुहरु पानीमा भिज्दै लाइनमा लागेर दर्शन गरिरहेको घिमिरेले बताए । अनादिकालमा स्थापना भएको गरामनीको ऐतिहासिक दुर्गा मन्दिरमा महानवमीका दिन महापूजा र एकादशीका दिन मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्