झापा, असोज १८ । बिर्तामोड ३ अनारमनीस्थित महेन्द्ररत्न माविको भुतपूर्व विद्यार्थी समाजले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विजया दशमी , शुभदीपावली, छठलगायतका पर्वका अवसरमा २०४० सालका एसएलसी व्याजी भुतपूर्व विद्यार्थीहरुको अगुवाईमा आज महानवमीका दिन विद्यालय परिसरमा सो कार्यक्रम आयोजना गरिएको थियो । भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा एकापसमा शुभकामना आदान प्रदान गरिनुका साथै विद्यालय पढ्दाखेरीको अनुभव भुतपूर्व विद्यार्थीहरुले सुनाएका थिए ।

कार्यक्रममा भुतपूर्व विद्यार्थीहरु डा. लक्ष्मी मैनाली , मदनगोपाल सुब्बा , काजी बुढाथोकी ,मोहन शिवाकोटी ,रुपक थापा, इन्द्रसिंह राजवंशी , केशव प्रसाई , नरेश न्यौपाने , प्रकाश न्यौपाने ,बिमला बुढाथोकी , अनिता बुढाथोकी , गुणराज लुईटेल , दिलिप राजवंशी , विष्णुप्रसाद खरेललगायतको उपस्थिति रहेको थियो ।

महेन्द्ररत्न मावि २०१४ सालमा स्थापना भएको हो । सो विद्यालयमा अध्ययन गरेका लाखौं भुतपूर्व विद्यार्थीहरुलाई समेटेर भुतपूर्व विद्यार्थी समाज आधिकारिक रुपमा दर्ता गर्न लागिएको अध्यक्ष पोखरेलले बताए । समाजले यसअघि गुरु पूर्णिमामा शिक्षक सम्मान , शिक्षिका नीरा प्रधानको जन्मदिनलगायतका कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्