झापा, असोज २० । कर्णाली बचत तथा ऋण संहकारी संस्था लि. .हल्दिबारी मंगलबारे सेवाकेन्द्र प्रमुख शिवनारायण राजवंशीको ह्रदयघातबाट गएराति निधन भएको छ ।

बडादशैंको दशमीका दिन राति ११ बजेतिर खाना खाइसकेर अचानक छातीमा समस्या आएपछि कचनकवल ३ कुईमारी गाउँ बस्ने ३९ वर्षिय राजवंशीलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि बिएण्डसी हस्पिटलतर्फ लाँदालाँदै बाटैमा निधन भएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।
उनी पथरिया गाविसका पूर्व गाविस उपाध्यक्ष हाँगा राजवंशीका छोरा हुन् । मृतकका श्रीमती , तीन छोरी र एक छोरा रहेका छन् ।