झापा, असोज २१ । इलामको माई खोलामा माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका बालक मृत भेटिएका छन् ।

इलाम नगरपालिका २ सुम्बेकस्थित मावल रबिन राईको घरमा आएका इलाम नगरपालिका ५ बिप्ल्याटे बस्ने शुक्रराज राईका छोरा १२ वर्षिय छोरा निगम राई मामाको छोरा १४ वर्षिय सरन राईसंग हिजो घाँस काट्न गएकोमा सोही स्थानमा रहेको पावर हाउस मुनि माई खोलामा माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए ।

प्रहरी र स्थानीयले खोततलास गर्ने क्रममा आज दिउँसो १ः३० बजे इलाम नगरपालिका २ सुम्बेकस्थित सुमरमाई हाईड्रो पावर माई खोलामा मृत अवस्थामा बालकको लाश फेला परेको हो । लाश जाँच मुचुल्का तथा अनुसन्धानको लागि प्रहरी निरीक्षक प्रदिप सुबेदीको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्