झापा , असोज २२ । सुन सफा गरिदिन्छु भन्दै ठगी गर्ने एक ब्यक्तिलाई इलाम प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत बिहार बोरबोई कतिहार सुल्तानपुर बजार बस्ने ४९ वर्षिय केशब साह रहेका छन् । उनले इलाम सूर्योदय नगरपालिका २ बौद्धधाम बस्ने कल्पना तामाङको सुनको सिक्री,चाँदीको चम्चा, कासको थाल सफा गरिदिन्छु भन्दै झुक्यानमा पारी ठगी गरेका थिए ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहमाथि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।



