झापा, असोज २२ । झापा निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट नेकपा (एकीकृत समाजवादी) का तर्फबाट पुष्पराज पोखरेल उम्मेद्वार बन्ने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य पोखरेल आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट झापा २ को (१) बाट साझा उम्मेद्वार बन्ने भएका हुन् ।

नेता पोखरेल पूर्व सांसद, भद्रपुर नगरपालिकाका पूर्व मेयर तथा हाल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज हुन् । आइतवार गठबन्धनका नेताहरुले अर्जुनधारास्थित शनिश्चरे बजारमा ११ बजे कोणसभा गरेर उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) झापा उपसचिव तथा प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्