बिर्तामोड , असोज २३ । नेकपा एमालेको गठबन्धनबाट झापा क्षेत्र नं ३ (२)मा हरि राजवंशीले टिकट पाएनन् ।

उनले टिकट पाउने चर्चा रहेको थियो । दावेदार केन्द्रीय सदस्य राजवंशीको ठाउँमा जिल्ला सदस्य छविलाल चुडालले टिकट पाएका हुन् । प्रवल दावेदार भएर आफूले तयारी गरिरहेकोमा अन्तिम समयमा आएर पार्टीले टिकट नदिएको राजवंशीले गुनासो गरे । उनले टिकट पाउने कुरा संचारमाध्यममा सार्वजनिक भइसकेको थियो । सोही प्रदेश क्षेत्रमा कांग्रेस गठबन्धनका तर्फबाट माओवादीका पूर्णप्रसाद राजवंशीले उम्मेदवारी दिँदैछन् ।
क्षेत्र नं ३ मा एमाले गठबन्धनका तर्फबाट संघमा राप्रपाका राजेन्द्र लिङ्देन तथा प्रदेश क्षेत्रतर्फ ३(१) मा एमालेका बसन्त बानिया र ३(२) मा एमालेकै चुडाल उठ्ने भएका हुन् । कांग्रेस गठबन्धनका तर्फबाट संघमा कांग्रेसका कृष्णप्रसाद सिटौला तथा प्रदेश क्षेत्रतर्फ ३ (१) मा कांग्रेसकै भूमिप्रसाद राजवंशी र ३ (२) मा माओवादीका पूर्णप्रसाद राजवंशीले उम्मेदवारी दिने भएका छन् ।



