झापा, असोज २३ । उम्मेदवार मनोनयन गर्नुपर्ने दिन अन्ततः नेकपा माओवादी केन्द्रकी धर्मशीला चापागाईले झापा क्षेत्र नं २ को टिकट छोडेकी छन् ।

उनको ठाउँमा अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार राना झापा २ बाट गठबन्धनका उम्मेदवार बन्दैछन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रानाले उम्मेदवार बन्नका लागि हिजो बेलुका पार्टी परित्याग गरेका थिए । उनी माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका छन् ।

झापा २ मा चुनाव जित्ने संभावना नदेखेर धर्मशीलाले टिकट परित्याग गरेकी हुन् । उनले एमाले गठबन्धनका तर्फबाट उम्मेदवार देवराज घिमिरेसंग प्रतिष्पर्धा गर्नुपर्ने थियो । आफूले झापा २ मा निर्वाचन लड्ने आँट गर्न नसकेको उनले बताइन् । ‘ मसंग १ करोड रुपैयाँ भएको भए म झापा २ मा कसैलाई टिक्न दिँदैनथिएँ’ उनले भनिन् ‘ अरु १ करोड खोज्थे अनि निर्वाचन लड्थँे ।’ आफूसंग पैसा छैन चुनाव हारिन्छ भन्ने सोचेर अध्यक्ष पुष्पकमल दाहालसंग सल्लाह गरेर आफूले टिकट छोडेको उनले बताइन् । कसैको दवाव वा प्रभावमा परेर आफूले टिकट नछोडेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्