झापा, असोज २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्व प्रधानमन्त्री ओलीले आइतबार दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् ।
ओली यस अगाडिको निर्वाचनमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी डा. खगेन्द्रपाण्डव अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए । यसपटक पनि सत्ता गठबन्धनबाट अधिकारी उम्मेदवार बनेका छन् । एमालेबाट ५ नं क्षेत्रको प्रदेशसभातर्फ ‘क’ मा हिक्मत कार्की र ‘ख’ मा होमबहादुर थापा उम्मेदवार बनेका छन्।



