झापा, असोज २४ । मोरङको सुन्दरहरैचा नगरपालिका-८ मा आईतबार साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्र.१-०२-०२९ प ८१५४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकलमा सवार बेलवारी नगरपालिका-२ का ४५ वर्षिय किरण बराईलीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको तथा घाईते भएका मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्