झापा, असोज २४ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरिएको छ ।

सन्दीपका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका हुन् । बयानका क्रममा सन्दीपले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर बताउने गरेको बताएका थिए । यस्तै वकिल सरोज घिमिरेले अध्ययन प्रयोजनका लागि किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको दाबी गरे । म्याद थपअघि सन्दीपले आफू निर्दोष रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए । उनले आफ्नो गोपनीयता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचार पनि छ कि हुँदैन भनेर समेत प्रश्न गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्