झापा,असोज २४ । राप्रपाबाट प्रदेशसभा उम्मेदवारको टिकट नपाएपछि मेचीनगरका कल्याण खड्काले पार्टी परित्याग गरी राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिएका छन् ।

उनले झापा क्षेत्र नं १ को ‘ख’ मा राप्रपा नेपालका तर्फबाट चुनाव चिन्ह ‘तिर’लिएर उम्मेदवारी दिएका हुन् । एमालेसंगको तालमेलमा रहेको राप्रपाले झापा क्षेत्र नं १ को ‘ख’ भागवन्डामा पाएको थियो । त्यस ठाउँमा सविना बजगाईलाई राप्रपाले टिकट दिएको छ । बजगाई १ को ‘ख’ बाट र खड्का ‘क’ बाट सिफारिस भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्