कनकाई, असोज २५ । नेपाली कांग्रेस झापाका सभापति एवं झापा क्षेत्र नं ४ प्रतिनिधिसभाका उम्मेदवार देउकुमार थेबेले उत्साहका साथ निर्वाचनमा लाग्न गठबन्धन दलका कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

झापा क्षेत्र नम्बर–४ को कनकाईमा आयोजित गठबन्धन दलका नेता–कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले त्यस क्षेत्रको विकासको योजना प्रस्तुत गरे ।

समग्र झापा एवं क्षेत्र नम्बर–४ को विकासको खाका आफूहरुले बनाइसकेको बताउँदै उनले कन्काई– सुकेडाँगी हुँदै दानाबारी जोड्ने सडक निर्माण गर्ने , महाभारा– दोमुखा– लारुम्बा सडक निर्माण गर्ने , धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गरी पर्यटक भित्र्याउने , कन्काई र शिबसताक्षीमा उद्योग स्थापना गर्न पहल गर्ने , शिबसताक्षीमा कृषि विद्यालय स्थापना गर्ने , अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्नेलगायतका योजना प्रस्तुत गरेका हुन् ।
यसैगरी कन्काई, बिरिङ, कमल बनियानी, शन्का खोलालाई ब्यवस्थित तरिकाबाट तटबन्ध गरी जनताको जिउधनको रक्षा गर्नेलगायतका विकासका योजना उनले सुनाए ।
नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति जयनारायण साहको सभापतित्वमा सप्पन्न कार्यक्रममा क्षेत्र नम्बर–४ प्रदेश ‘क’ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य झलकसिंह दर्लामी सन्देश, प्रदेश ‘ख’ का उम्मेदवार तथा कांग्रेसका महाधिवेशन प्रतिनिधि एकराज उप्रेतीले पनि आ–आफ्नो प्रदेश क्षेत्रको विकास योजना सुनाएका थिए । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार सदस्य नारायणसिंह राजवंशी, भिम राजवंशी, भक्ति सिटौला , किरण भट्टराई , उत्तम चम्लागाई , रुद्र बजगाई , महेन्द्र भट्टराईलगायतको आतिथ्य रहेको थियो ।

गठबन्धनमा आबद्ध कार्यकर्ताको भेलाले नेपाली कांग्रेस झापा क्षेत्र नं ४ का क्षेत्रीय सभापति जयनारायण साहको नेतृत्वमा सबै दलको प्रतिनिधित्व रहने गरी ५००१ सदस्यीय निर्वाचन परिचालन एवं प्रचारप्रसार समिति गठन गरेको नेपाली कांग्रेस झापाका सदस्य याम भुजेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्