झापा,असोज २४ । झापा क्षेत्र नं ३ मा एमाले गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनविरुद्ध बागी उम्मेदवारी दिएका डम्बरबहादुर गिरीले चुनाव चिन्ह सूर्यमुखी फूल पाएका छन् ।

एमालेको सूर्य चिन्हजस्तै उनले सूर्यमुखी फूल चुनाव चिन्ह रोजेका हुन् । हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बरबहादुर गिरीले चारैतिरबाट दवाव आएपनि उम्मेदवारी फिर्ता गरेनन् । उम्मेदवारी दिएर भारत आसाम गएका गिरीले आज निर्वाचन कार्यालयमा गएर चुनाव चिन्ह लिएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा उनी एमालेका तर्फबाट हल्दिवारी गाउँपालिकाको अध्यक्ष पदमा उठेका थिए । गिरीको उम्मेदवारी लिङ्देनप्रति लक्षित छ । लिङ्देनसंग नै प्रतिष्पर्धा गर्न उठेका गिरीले एमालेले उठाएको प्रदेशसभा सदस्यका उम्मेदवारहरु बसन्त बानियाँ र छवि चुडालको लागि भने भोट मागिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्