झापा, असोज २६। तीब्ररुपमा फैलिदैं गएको डेङ्गु संक्रमणबाट झापामा १०५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय झापाले सो तथ्यांक निकालेको हो ।

कार्यालयले डेङ्गु संक्रमणको अबस्थाका बारेमा जिल्ला प्रशासन कार्यालयमा बुधवार एक अध्ययन प्रतिवेदन बुझाएको छ । डेङ्गु संक्रमणबाट स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत शशिकुमार भट्टराई , बिर्तामोड – ३ निवासी निशा छेत्री र अर्जुनधाराका एकजनाको मृत्यु भएको छ ।तर, त्यसलाई प्रतिवेदनमा समावेश गरिएको छैन ।

प्रतिवेदनमा डेङ्गु संक्रमण नियन्त्रणका लागि झापाका पालिकाहरुले ठोस कार्यक्रम ल्याउन नसकेको निष्कर्ष निकालिएको स्वास्थ्य कार्यालयका अधिकृत बालकृष्ण भण्डारीले बताए । उनले स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु आएकाले उनीहरु डेङ्गु संक्रमण नियन्त्रणका लागि त्यति अनुभवी नभएको ठहर गर्दै संक्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले सहजीकरण गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्