झापा , असोज २७ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

ठगी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७३।११।१८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया) जरीवाना तोकिएका कटहरी गाउपालिका-३ का ५८ बर्षीय रामबहादुर भण्डारी र लागूऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०९।१२ गतेको फैसला आदेशले १ महिना ९ दिन कैद र रु.५-०,०००/- (पचास हजार रुपैया) जरीवाना तोकिएका धरान उपमहानगरपालिका-५ का ३७ बर्षीय बुदबहादुर विश्वकर्मालाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागि कारागार चलान भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्