शिबसतासी, असोज २७ । झापा क्षेत्र नं ४ मा गठबन्धनका उम्मेदवार देउकुमार थेबे र झलकसिंह दर्लामीले चुनावी घरदैलो शुरु गरेका छन् ।

शिबसतासी नगरपालिका वडा नं १ र २ मा बाम लोकतान्त्रिक गठबन्धन का प्रतिनिधिसभाका प्रत्यासी उम्मेदवार कांग्रेसका जिल्ला सभापति देउकुमार र प्रदेशसभाका प्रत्यासी उम्मेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य झलकसिंहले घरदैलो तथा कोणसभा शुरु गरेका हुन् ।

प्रारम्भिक चरणमा शिवसतासी नगरपालिका वडा नं १ र २ को धरमपुर चोक , हाइस्कुल चोक , प्रगति चोक , शुक्रबारे चोक , डाँडागाउँ , झुनाबारी , सन्थाल चोक , मंगलबारे बजार , देवदूत चोक , हिमाली चोक , डुम्नागाउँ , माझी गाउँ , प्रवासी टोललगायतका क्षेत्रमा घरदैलो तथा कोणसभा सम्पन्न गरेका हुन् । कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार देउकुमारले धरमपुर ऐतिहासिक स्थान भएको र धरमपुरलाई आफूले प्राथमिकताका साथ हेरेको बताए । कार्यक्रममा बोल्दै प्रदेशसभाका उम्मेदवार प्रदेश नं १ का कृषि मन्त्री झलकसिंहले नेकपा एमालेका निवर्तमान सांसद एलपी साँवाले विकास गर्ने मेसो नपाएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं ४ का सभापति जयनारायण साह, लखी गणेश , पर्शुराम ढुङ्गाना , भक्ति सिटौला , महेन्द्र भट्टराईलगायतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्