झापा , असोज २८ । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूणर् खेल खेल्ने पक्का भएको छ ।

पाकिस्तान फुटबल संघले बिहीबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालसँग मध्य नोभेम्बरबीचमा मैत्रीपूणर् खेल खेल्ने तय भएको जानकारी दिएको हो । २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि पाकिस्तानले कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन । फिफाको प्रतिबन्धमा परेको पाकिस्तानले प्रतिबन्ध फुकुवा भएपछि पहिलो खेल खेल्न लागेको हो । पाकिस्तानी महिला टिमले भने गत भदौमा नेपालमै भएको साफ च्याम्पियनसिप खेलिसकेको छ । प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तान पुरुष टोलीले ६ हप्ताअघि खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ । नेपालले भने असोज ११ गते बंगलादेशसँग मैत्रीपूणर् खेल खेलेको थियो । दशरथ रंगशालामा अन्जन विष्टले ह्याट्रिक गर्दा नेपाल ३-१ ले विजयी भएको थियो ।